FAQs Complain Problems

बेलका नगरपालिकाको परिचय

ऐतिहासिक  पृष्ठभूमि र  नामाकरण  

बेलका नगरपालिका उदयपुर जिल्लाको पूर्वी भागमा अवस्थित छ। राजनैतिक रुपले ४ वटा गाउँपालिका र ४ वटा नगरपालिकासहित जम्मा ८ वटा स्थानीय तहमा विभाजित उदयपुर जिल्ला भित्रि मधेश देखि चुरे पहाड हुदै महाभारत पर्वत शृंखलासम्म फैलिएको छ । पूर्वमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका र धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका, उत्तरमा भोजपुर जिल्लाको हतुवागढी र आम्चोक गाउँपालिका, पश्चिममा उदयपुरकै चौदण्डीगढी नगरपालिका र सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका त्यसैगरी दक्षिणमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका यस नगरपालिकको सिमाना रहेको छ । समुन्द्र सतहदेखि १३६.२मिटरसम्मको उचाइमा रहेको यो नगरपालिकाको क्षेत्रफल ३४४ वर्ग किलो मिटर रहेको छ ।

उत्तरी अक्षाशं २६०४२'०९"  देखि ८६०५५'२९" सम्म र पूर्वी देशान्तर  ८७०१०'०६" सम्म  फैलिएको यस  नगरपालिकाको  कार्यालय रामपुर  बजारमा  रहेको  छ ।

बेलका नामाकरणः

  •  भनेको  यस  नगर  क्षेत्रको  दक्षिणी  भागमा  फैलिएको जंगल हो । प्राचीन  कालमा  यस  ठाउँमा बेलका  राजा, बेलका रानीले  राज्य  गर्दथे । यहाँ  नागाहरुको  सभ्यताका परिचयहरु दिने जंगलमा पोखरी, बगैंचाहरु र दरबारका  भग्नाबषेशको रुपमा र्इंटाका टुक्रा, माटोका भाडाहरुको प्रशस्तै पाईन्छ । यस क्षेत्रमा  प्राचिन  शीसाका  टल्कने बस्तुहरु - मोतिमालाहरु, सिमाला, जिमालाहरु, फूटवल आकारका बस्तुहरु अझै पनि पाईन्छ । प्राचिन  कालमा बेलका  राजा, बेलका रानीको अनुग्रहमा यस क्षेत्रका  मानिसहरु  रक्षित भएको  कुरा  किंबदन्तीको  रुपमा सुनिन्छ । कुनै मानिसहरु जंगलमा  हराएमा राति  ठूलो  चम्किलो  शहर  उत्पन्न  हुने, त्यहि  खाना  बासको  ब्यवस्था हुने र विहान  उठ्दा खेरी प त्करमा  सुतिरहेको  हुने अचम्म  हुन्थ्यो  भनिन्छ । मानिसहरुले आफूलाई  ऋण  चाहिएमा, भाकल गरेर ऋण समेत प्राप्त हुने  भन्ने कुरा  किंबदन्ति सुनिन्छ । हालसम्म  पनि  मानिसहरु  बेलका  राजारानीको  पूजाआजा गर्ने गर्दछन् । बेलका राजा बेलका रानीको किम्बदन्तीबाट यस नगरपालिकाको नाम बेलका नगरपालिका नामाकरण गरिएको हो ।

बिकाशका सम्भावनाहरु ः-

भौगोलिक  विविधताको  कारणले  विकासको  प्रचूर सम्भावना भएको यस नगरपालिकाको मध्ये  विन्दु  भएर पूर्व पश्चिम  निर्माण  भएको  मदन  भण्डारी  लोकमार्गले  आर्थिक विकासको  सम्भावनालाई  फराकिलो बनाएको छ । विभिन्न  पर्यटकीय  विन्दूहरु  पूर्वी  क्षेत्रमा  रहेको  सप्तकोशी  नदी  र  बराहक्षेत्र, मैनामैनी क्षेत्रमा  भएका  विभिन्न  ऐतिहासिक  र  भौगोलिक  सम्पदाहरु, कोशी टप्पु र खेलकुदको हवको रूपमा विकास हुन सक्ने यहाँको भूगोलको कारण विकासको प्रचूर संभावना छ।

यस  नगरपालिकामा  सबैभन्दा  बढी  प्रयोग  हुने भाषा  नेपाली  र  दोश्रो  भाषामा  वान्तवा  भाषा  रहेको  देखिएको छ । त्यसै गरी  थारु  भाषा  पनि  उल्लेखनीय  रुपमा  प्रयोग  हुने  देखिएको  छ । त्यसैगरी यस नगरपालिकामा  विविध धर्मावलम्वीहरुको बसोवास रहेको छ । सबैभन्दा  बढी जनसंख्या हिन्दु धर्मालम्बीहरुको रहेको छ । त्यसैगरी बौद्ध तथा क्रिश्चियन  धर्म  मान्नेहरुको  प्रतिशत  पनि  उल्लेखनीय  संख्यामा रहेको छ ।जनसङ्ख्याको हिसावले वडा न ५,२, ३ र ८ बढी मात्रामा बसोवास भएको पाईएको छ । वडागत जनसङ्ख्याको वितरण निम्न  बमोजिम  रहेको  छः

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.