समाचार
प्रायःसोधिने प्रश्नहरु
१. नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?
नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
- प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
- सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
- जन्म दर्ता
- शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
- अस्थायी निस्सा
२. घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
- नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
- अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
- वडा सचिवको किटानी सिफारिस
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- स्थलगत वडा सर्जमिन मुचुल्का
- व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद
३. जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :
- जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको
सूचना फाराम (भरेको हुनुपर्ने) - आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
- आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको
सिफारिस - आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
- अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
- वडाको किटानी सिफारिस
- दस्तुर न.पा.को नियमानुसार
- माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२
अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ