FAQs Complain Problems

बेलका नगरपालिकाको सङ्क्षिप्त परिचय

पृष्ठभूमिः

            सगरमाथा अञ्चल उदयपुर जिल्लाको पूर्वी सीमानामा रहेको २६०४२’०९”  देखि २६०५५’३८” उत्तरी अक्षांशसम्म र ८६०५५’२९” देखि ८७०१०’०६” पूर्वी देशान्तरमा मा अवस्थित साविकका मैनामैनी, कटुञ्जेववला, रामपुर ठोक्सिला र तपेश्वरी गाँउ विकास समितिहरु सम्मिलन भइ स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले सिफारिस गरेको आधारमा मिति २०७३ फाल्गुन २७ गते देखि बेलका नगरपालिकाको रुपमा सञ्चालनमा आएको छ । यस बेलका नगरपालिकाको केन्द्र रामपुर बजारलाई मानी जम्मा ९ (नौ) वटा वडाहरुमा विभाजन गरिएको छ । साविकका ४ वटा गाउ विकास समितिहरु मिलाउदा (२०६८ को जनगणनानुसार) कूल जनसंख्या ४२,३८६ रहेको छ । हाल यसको क्षेत्रफल ३४४.७३ वर्ग कि.मी. रहेको छ, भने यो क्षेत्र भित्री मधेश र महाभारत को करिव आधा आधा भूभाग मिलि वनेको र यस भूभागमा बसाई सराई गरी आउने क्रम तीव्र रहेको हुदाँ यसक्षेत्रमा तीब्र रुपमा बस्ती विस्तार र जनसंख्या वृद्दि हुने क्रम जारी छ ।

भौगोलिक अवस्थितिः

अक्षांसः-            २६०४२’०९”  देखि २६०५५’३८” उत्तरी अक्षांश

देशान्तर:-           ८६०५५’२९”  देखि ८७०१०’०६” पूर्वी देशान्तर
सिमानाः-            पूर्वः  सुनसरी
                        पश्चिमः  चौदण्डीगढी नगरपालिका
                        उत्तर: भोजपुर र खोटाङ

                        दक्षिण: सप्तरी जिल्ला